Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

आज तीजमा मौसम कस्तो होला? – मौसम पूर्वानुमान सहित

  •   १ वर्ष अघि | १० भदौ २०८२, मङ्लबार

मभदौ १०, २०८२, काठमाडौँ ।आज (भदौ १०, मंगलबार) तीजको अवसरमा मौसम पूर्वानुमान महाशाखाले देशभरको सम्भावित मौसमको जानकारी सार्वजनिक गरेको छ।

दिउँसोको मौसम:

देशका पहाड भेगमा सामान्यतया बादल छाउने अनुमान गरिएको छ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

रातिको मौसम:

राति देशको पहाडी भूभागमा सामान्यतया बादल छाउनेछ, बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोसी प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

मौसम महाशाखाको व्याख्या:

हल्का वर्षा: २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु।

मध्यम वर्षा: १०–५० मिलिमिटर पानी पर्नु।

भारी वर्षा: ५०–१०० मिलिमिटर पानी पर्नु।

धेरै भारी वर्षा: १००–२०० मिलिमिटर पानी पर्नु।

अति भारी वर्षा: २०० मिलिमिटरभन्दा बढी पानी पर्नु।

वर्षाको सम्भावना:

एक-दुई स्थानमा वर्षा: १०% भन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना।

थोरै ठाउँमा वर्षा: १०–३०% क्षेत्रफलमा पानी पर्ने सम्भावना।

केही स्थानमा वर्षा: ३०–५०% क्षेत्रफलमा पानी पर्ने सम्भावना।

धेरै ठाउँमा वर्षा: ५०–८०% क्षेत्रफलमा पानी पर्ने सम्भावना।

अधिकांश स्थानमा वर्षा: ८०% भन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना।

मौसम पूर्वानुमान अनुसार, तीजको दिन देशका अधिकांश पहाडी र तराईका एक-दुई स्थान बाहेक सुख्खा रहनेछ, तर केही ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • Jigyasanepal

थप