Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जेन-जी आन्दोलनमा घाइते पत्रकारलाई प्रेस काउन्सिलको सहयोग

  •   ११ महिना अघि | ३० असोज २०८२, बिहिबार

काठमाडौँ । असोज २९ गते । प्रेस काउन्सिल नेपालले जेन्जी (jen-z) प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मङ्गलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेस डटकमका उमेश काकीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गर्नुभयो । 

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उहाँहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाउनुभएको थियो । 

सोही प्रदर्शनका क्रममा गोली लागी घाइते भएका स्वतन्त्र पत्रकार शम्भु दङ्गाल भने अस्वस्थताका कारण उपस्थित हुन सक्नुभएन । 

यसैबिच काउन्सिलले समाचार सङ्कलनका क्रममा चितवनमा दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार अनिल ढकाल र सुदन पौडेललाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।

  • Jigyasanepal

थप