Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

‘सपनाको पहाड’ लघुकथासङ्ग्रह लोकार्पण

  •   २ वर्ष अघि | १ माघ २०८१, मङ्लबार

माघ १, भक्तपुर । लघुकथाकार ध्रुवराज थापाद्वारा लिखित लघुकथासङ्ग्रह ‘सपनाको पहाड’ भक्तपुरको कौशलटारस्थित एक कार्यक्रममा लोकार्पण गरिएको छ। सिर्जना अभियान समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कृतिको विमोचनसँगै साहित्यिक विमर्श गरिएको थियो।

सो अवसर कृतिकारको जन्मदिनका रूपमा विशेषतासाथ मनाइएको थियो। सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. पुष्करराज भट्टले कृतिको विमोचन गरे। विमोचनमा समीक्षक धीरकुमार श्रेष्ठ, लघुकथा केन्द्रकी संस्थापक लता केसी, पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रकोपविद् डा. दिपकराज थापा लगायतका अतिथिहरूको सहभागिता थियो।

कार्यक्रममा समीक्षक धीरकुमार श्रेष्ठ र दीपक लोहनीले ‘सपनाको पहाड’ माथि समीक्षात्मक विचार प्रस्तुत गरे। साथै, केन्द्रका अध्यक्ष लता केसी, फापरथुमका साहित्यकार त्रिलोचन ढकाल, कृतिकारका ज्वाइँ डा. दीपकविक्रम थापाले शुभकामना मन्तव्य राखे।

वन्दना घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रार्थना खनाल, रमेश सुवेदी, मन्दिरा चापागाईं र शान्ता तिम्सिनाले लघुकथा वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध बनाए।

कृतिकार ध्रुवराज थापाले मन्तव्यको क्रममा रेडियो, टेलिभिजन, अभिनय, युट्युब, र साहित्यमा आफूले गरेको योगदानबारे चर्चा गर्दै कृति प्रकाशनका लागि सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले सहभागीलाई मायाको चिनोसमेत प्रदान गरेका थिए।

सिर्जना अभियान समाजले कृतिकारलाई कदरपत्र प्रदान गर्दै कार्यक्रमलाई अझ विशेष बनाएको थियो। कार्यक्रमको अन्त्यमा केक काटेर कृतिकारको जन्मदिन मनाइएको थियो भने सभापतिको समापन मन्तव्यले कार्यक्रम सम्पन्न भएको थियो।



  • Jigyasa media

थप