Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

काभ्रेको खानीखोला सहित ४ पालिका अब ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मा समावेश

  •   १ वर्ष अघि | १२ भदौ २०८२, बिहिबार

भदौ १२, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाका अति विकट पालिका खानीखोला, सहित चार पालिकाहरु रोशी, चौंरीदेउराली र महाभारत गाउँपालिका अब ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मा समावेश भएका छन्।

यसअघि स्वास्थ्य चौकी र स्वास्थ्य इकाइमार्फत प्रदान हुने सेवामा अपुग तथा नागरिकलाई जीवन रक्षार्थ कठिनाइ खेप्दै आएका यी दुर्गम क्षेत्रका बासिन्दा अब उक्त कार्यक्रममार्फत स्वास्थ्य सेवा, सुरक्षित प्रसूति तथा आवश्यक हवाई उद्धार लगायतको सहयोग पाउने भएका छन्।

खानीखोला अध्यक्षको आभार

केही दिन अघि मात्रै आफैले स्ट्रेचरमा बिरामीलाई पैदल बोकेर हेटौडा हुँदै अस्पताल पुर्याएको भिडियो पोस्ट गरेर आफ्नो पालिकाको यथार्थ विवरण बताएका पालिका प्रमुख थिङ माथि सामाजिक सञ्जालमा दुईथरी सकारात्मक र नकारात्मक टिप्पणी गर्नेहरू बाट चर्चामा आएका थिए ।  खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर  थिङ ( छिन्ताङ्ग ) ले कार्यपालिका बाट निर्णय गराई जिल्ला प्रशासन प्रदेश र केन्द्रीय सरकार लाई समेत उक्त किसिमको सेवामा आफ्नो पालिकाबासीले पनि पाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । 

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थीङले उक्त सेवामा आफ्नो पालिका समावेश भएको जानकारी दिँदै यस कार्यक्रमको सूचीकरणमा आफ्नो पालिका पर्नु ‘ऐतिहासिक उपलब्धि’ भएको जनाएका छन्।

उनले “हाम्रो निरन्तर पहल र सरोकारवालाको सहयोगले खानीखोला पालिका आज यो कार्यक्रममा सूचीकृत भएको छ। अब स्वास्थ्य सेवा र सुरक्षित उद्धारका काममा आम नागरिकले राहत पाउनेछन्,” अध्यक्ष थिङले बताए।

संघीय स्तरको पहल

यसअघि खानीखोला लगायतका दुर्गम गाउँपालिकालाई यस कार्यक्रममा सूचीकृत गराउन संघीय सांसद सुर्यमान दोङज्यू, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह, मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेत, काभ्रे प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लगायत सरोकारवालाको निरन्तर पहल रहेको जनाइएको छ।

स्थानीयलाई राहत

अब यस कार्यक्रममार्फत दुर्गम गाउँका जटिल गर्भवती महिला, आकस्मिक अवस्थाका बिरामी, उद्धार आवश्यक पर्ने नागरिकलाई हवाई एम्बुलेन्सदेखि अस्पतालसम्मको सेवा सहज हुने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप