Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आफ्नै आमाको हत्या गरी भागेका छोरा आफैं प्रहरी समक्ष हाजिर

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

रौतहट । आफ्नै आमाको हत्या गरी फरार भएका छोरा एक महिनापछि जिल्ला प्रहरी कार्यालय ररौतहटमा आफैँ हाजीर भएका छन् । जिल्लाको राजदेवी नगरपालिका– १ पथरा टोल निवासी फरार प्रतिवादी मनोजकुमार साह प्रहरीसमक्ष आफै हाजिर भएका हुन् ।

पक्राउ परेका उनी दाजु–भाईबीच अंशबन्डाको विषयलाई लिएर विवाद हुँदा आमा ६९ वर्षीया राधादेवी साहलाई २०८१ जेठ ५ गते घरकोठाभित्र टाउकोमा सिलौटाको लोहोरोले प्रहार गरी हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आमाको हत्या गरी फरार भएका साहलाई खोजतलास गर्ने क्रममा निजकी श्रीमती, आफन्त तथा परिवारका सदस्यमार्फत सम्पर्क गरी फरार रहेको अवस्थाको जोखिम तथा हाजिर भई अनुसन्धानमा सहयोग गरे पछिको अवस्था बारेमा कानुनी परामर्श दिएपश्चात् साह आफै हाजिर भएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।

आमालाई कर्तव्य गरी मारेको घटनामा प्रहरीको कानुनी राय सल्लाह तथा सुझाव मानेर आफैँ अनुसन्धानको लागि हाजीर हुने व्यक्ति साह पहिलो रहेको प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए । प्रहरीसमक्ष हाजीर भएका साहलाई नियन्ज्ञणमा लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • Reporter

थप