Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

हमासले तीन बन्धकको नाम सार्वजनिक, भोलि रिहाइको तयारी

  •   २ वर्ष अघि | २ फाल्गुन २०८१, शुक्रबार

काठमाडौ ।प्यालेस्टिनी विद्रोही समूह हमासले भोलि रिहा गर्ने तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका अनुसार शनिबार रिहा गरिने बन्धकहरूमा इजरायली–रुसी नागरिक साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनी यायर हर्न रहेका छन्।

इजरायलले हमासलाई "बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध भोग्ने" चेतावनी दिएको थियो। त्यसपछि हमासले तीन बन्धकको रिहाइ गर्न लागेको हो।

यसअघि पनि हमासले बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गर्दै आएको थियो। तर, इजरायल–हमास द्वन्द्व अझै टुंगोमा पुग्न सकेको छैन।


  • Jigyasa media

थप