Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

तीनकुने घटनामा मारिएका पत्रकार रजकको शरीरमा गोली नलागेको पुष्टि

  •   १ वर्ष अघि | २० चैत्र २०८१, बुधबार

काठमाडौँ, चैत २० – काठमाडौँको तीनकुनेमा राजावादी समूहले चैत १५ गते आयोजना गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको एक्सरे परीक्षणका क्रममा उनको शरीरमा गोली लागेको कुनै प्रमाण नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए।

यसअघि, आगलागीका कारण मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्ला चलेपछि चिकित्सकहरूले पोस्टमार्टम अघि एक्सरे परीक्षण गर्नुपर्ने माग गरेका थिए। प्रहरी स्रोतका अनुसार, प्रारम्भिक रिपोर्टमा रजकको शरीरको ७० प्रतिशत भाग जलेको पुष्टि भएको छ। विशेष गरी कम्मरभन्दा माथिको भाग नराम्रोसँग जलेको अवस्थामा फेला परेको थियो।

यसैबीच, प्रहरीले यसअघि नै गोली लागेको भन्ने हल्लालाई खण्डन गरेको थियो। सोमबार जारी गरिएको विज्ञप्तिमा प्रहरीले पत्रकार रजकको मृत्युबारे अनर्गल प्रचार गरिएको उल्लेख गरेको थियो।

हाल रजकको शव त्रिवि शिक्षण अस्पतालमा रहेको छ र पोस्टमार्टमपछि परिवारलाई बुझाइने तयारी भइरहेको छ।


  • Jigyasa media

थप