Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

राजावादी प्रदर्शनकारीद्वारा रास्वपा प्रमुख सचेतकको गाडीमा आगजनी

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं - राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार बिहानैदेखि आक्रोशित बनेका प्रदर्शनकारीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलाएका छन्।

रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालका अनुसार परियार भक्तपुरस्थित आफ्नै निवासतर्फ गइरहेका बेला प्रदर्शनकारीहरूले उनलाई गाडीबाट ओरालेर जडीबुटी क्षेत्रमा सवारीसाधनमा आगजनी गरेका हुन्।

यो घटनाले हाल भइरहेको आन्दोलन झन् तनावपूर्ण बन्न सक्ने आँकलन गरिएको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ।


  • Jigyasa media

थप