Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

वर्षा र हिमपातको सम्भावना: वाग्मतीसहित चार प्रदेश प्रभावित हुने

  •   २ वर्ष अघि | २७ फाल्गुन २०८१, मङ्लबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी प्रणाली र स्थानीय वायुले प्रभाव पार्दा विशेषगरी पहाडी तथा हिमाली भेग प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

बिहानैदेखि पहाडी क्षेत्रहरूमा आंशिकदेखि मध्यम बादल लाग्ने सम्भावना छ भने तराईका अधिकांश भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले बदलिँदो मौसमी अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।


  • Jigyasa media

थप