Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

साँखुमा दर्दनाक दुर्घटना: आश्रयस्थलमा टिपर छिरेर तीन जनाको मृत्यु

  •   २ वर्ष अघि | २३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं, फागुन २३ - काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाको आश्रयस्थलमा टिपर पसेर दुःखद दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन्। द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) द्वारा सञ्चालित उक्त आश्रयस्थलमा आज बिहान ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई टहराभित्र पसेको थियो।

घटनामा दुई जना बालबालिका र एक वृद्धको मृत्यु भएको संस्थाका अध्यक्ष युवराज थापाले जानकारी दिएका छन्। उनले भने, “हामीले नै नाम राखिदिएका आकाश र सुमन घटनास्थलमै बिते, अर्का एक वृद्ध हरिजन गम्भीर घाइते हुनुहुन्थ्यो, जसको अस्पतालमा निधन भयो।” मृतक तथा घाइतेलाई नेपाल मेडिकल कलेज, अत्तरखेल जोरपाटी पुर्‍याइएको थियो, जहाँ चिकित्सकले बिहान ४:३३ बजे मृत घोषणा गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले टिपरलाई डोजरको सहायताले बाहिर निकालेको छ। दुर्घटनामा संलग्न सिन्धुपाल्चोकका २५ वर्षीय चालक सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

सीभीडीएसले २०६२ सालदेखि सञ्चालन गरिरहेको उक्त आश्रयस्थलमा हाल ६१ जना बस्दै आएका थिए। दुर्घटनाग्रस्त टहरामा १० जना बालबालिका रहेका थिए। घटनाले संस्थामा शोकको वातावरण छाएको छ।


  • Jigyasa media

थप