Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

भारतको धारचुलामा पहिरोमा परी एक नेपालीको मृत्यु, पाँच घाइते

  •   २ वर्ष अघि | १८ फाल्गुन २०८१, आइतवार

भारत ।भारतको धारचुला नजाङ्ग क्षेत्रमा पहिरो जाँदा दार्चुलाका एक युवकको ज्यान गएको छ। नौगाड गाउँपालिका–६, धुलिगाडाका २० वर्षीय सन्तोष सिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार दिउँसो आएको पहिरोमा परी अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये नौगाड गाउँपालिका–६ निवासी गणेश सिंह ठगुन्ना र दीपक सिंह ठगुन्नाका साथै भारतका राकेश जोशी र सुरेश कुमार छन्। एक जना भारतीय नागरिकको भने परिचय खुल्न सकेको छैन।

घाइतेहरू सारथी कम्पनीमार्फत् सडक निर्माणको काम गरिरहेका मजदुर रहेको जनाइएको छ। स्थानीय सुरक्षाकर्मीहरूले उद्धार गरी उनीहरूलाई उपचारका लागि धारचुला अस्पताल पुर्‍याइएको छ।


  • Jigyasa media

थप