Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

देशभर वर्षाको सम्भावना, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | २९ भदौ २०८२, आइतवार

काठमाडौं, भदौ २९, २०८२ आइतबार।

मौसम पूर्वानुमान महाशाखाले आज आइतबार (भदौ २९) दिउँसो र राति देशभर वर्षा हुने सम्भावना जनाएको छ। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ भने पाँच प्रदेशमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे प्रक्षेपणअनुसार,

👉 आज दिउँसो (बिहानदेखि साँझ ६ बजेसम्म):

देशभर आकाश बदली रहनेछ। पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ।

👉 आज राति (साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म):

देशभर बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै कोसी, मधेस, लुम्बिनी र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

🌧️ वर्षाको मापन

१० मि.मि. भन्दा कम : हल्का वर्षा

१०–५० मि.मि. : मध्यम वर्षा

५०–१०० मि.मि. : भारी वर्षा

१००–२०० मि.मि. : धेरै भारी वर्षा

२०० मि.मि. भन्दा बढी : अति भारी वर्षा

🌍 क्षेत्रफलअनुसार वर्षाको परिभाषा

१०% भन्दा कम क्षेत्रमा : एक-दुई स्थानमा वर्षा

१०–३०% क्षेत्रमा : थोरै स्थानमा वर्षा

३०–५०% क्षेत्रमा : केही स्थानमा वर्षा

५०–८०% क्षेत्रमा : धेरै स्थानमा वर्षा

८०% भन्दा बढी क्षेत्रमा : अधिकांश स्थानमा वर्षा

मौसमविद्हरूका अनुसार, निरन्तर भारी वर्षा हुँदा पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप