Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

डकैतीको अभियुक्तलाई गोली हानी पक्राउ

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

जलेश्वर । प्रहरीले एक डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ ।

विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बिजेन्द्र पासवान रहेका छन् ।

२२ वर्षसम्म विभिन्न सात ठूला डकैतीमा संलग्न पासवान फरार थिए । उनलाई गए राति करिब ११ बजे महोत्तरी र सर्लाहीको सीमानाका पर्ने महोत्तरीको सोनमा गाउँपालिका–५ शीतलपुरबाट पक्राउ गरिएको हो ।

प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका पासवान सो क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीसँग जम्काभेट भएको थियो । उक्त जम्काभेटमा बिजेन्द्र उम्कन खोजेपछि नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड गोली घुँडामुनी हानेर नियन्त्रणमा लिएको हो ।

गोली प्रहारबाट घाइते बिजेन्द्रको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । उनले पटक–पटक गरी महोत्तरीमा–२, बारामा–२, सिरहामा–१, सर्लाहीमा–१ र सिन्धुलीमा–१ गरी सातवटा लुटपाट तथा डकैतीमा संलग्न रहनुका साथै विभिन्न व्यक्तिलाई हात हतियारबाट घाइते बनाएको निजको आपराधिक अभिलेखमा रहेका प्रहरीले जनाएको छ ।– रासस

  • RSS

थप