Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

दिउँसो कोसी र कर्णालीका पहाड क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

काठमाडौँ, भदौ २२ । आज आइतबार दिउँसो र राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोसी र कर्णाली प्रदेशका पहाड भूभागमा भारी वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार, दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना प्रबल रहेको महाशाखाले स्पष्ट पारेको छ। बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।

राति पनि कोसी र मधेस प्रदेशसहित बागमती र गण्डकीका पहाड भूभागमा मध्यम वर्षा हुने देखिएको छ। त्यस्तै, कोसी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

मौसम महाशाखाले दिउँसो भन्ने शब्दलाई बिहानदेखि साँझ ६ बजेसम्म र राति भन्ने शब्दलाई साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि प्रयोग गर्ने स्पष्ट पारेको छ।

मौसमविद्हरूका अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पर्नुलाई अति भारी वर्षा भनिन्छ।

त्यस्तै, कुनै प्रदेश वा भूभागको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्नेलाई ‘एक–दुई स्थानमा वर्षा’ भनिन्छ भने, १०–३० प्रतिशतलाई ‘थोरै स्थानमा’, ३०–५० प्रतिशतलाई ‘केही स्थानमा’, ५०–८० प्रतिशतलाई ‘धेरै स्थानमा’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा पानी पर्ने सम्भावना देखिए ‘अधिकांश स्थानमा वर्षा’ हुने भनिन्छ।

मौसमविद्हरूले विशेषगरी पहाडी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। भारी वर्षाले पहिरो, बाढी र यातायात अवरोधजस्ता जोखिम बढाउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप