Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

इटहरीमा गोलीकाण्ड : दुई प्रदर्शनकारीको मृत्यु, एपीएफ हवल्दार घाइते

  •   १ वर्ष अघि | २३ भदौ २०८२, सोमवार

विराटनगर, भदौ २३ । सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर चर्किएको आन्दोलन इटहरीमा रक्तपातमा परिणत भएको छ । आइतबार दिउँसो भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीको गोली लाग्दा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये एक करिब २५ वर्षीय र अर्का करिब ३० वर्षीय युवा रहेका छन् । उनीहरूलाई गम्भीर घाइते भएपछि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर उपचारको क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका छन् ।

इटहरीमा भएको झडपमा थप एक जना प्रदर्शनकारी घाइते भएका छन्, जसको उपचार भइरहेको प्रहरीले जनाएको छ । सोक्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का एक सहायक हवल्दार पनि घाइते भएका छन् । उनको गालामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सरकारको सामाजिक सञ्जाल दर्ता र नियन्त्रण सम्बन्धी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेका छन् । उपत्यकादेखि तराईसम्म फैलिएको यो आन्दोलनसँगै सुरक्षा निकाय उच्च सतर्कतामा रहेको छ ।

👉 इटहरीको गोलीकाण्डले आन्दोलन झनै उग्र बन्ने संकेत : मृतकको पहिचान सार्वजनिक हुन बाँकी

  • Jigyasanepal

थप