Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुग्यो

  •   १ वर्ष अघि | २७ भदौ २०८२, शुक्रबार

काठमाण्डौ

जेन-जी आन्दोलनमा मारिनेको संख्या ५१ पुगेको छ। 

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो। 

यसमा ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली युवा छन्। 

प्रदर्शनको पहिलो दिन १९ जना जेन-जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो। 

यसैबीच जेन-जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो। जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन्। 

मुख्य प्रदर्शन स्थल बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ घाइतेको उपचार जारी छ।

यसैगरी ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना घाइतेको उपचार भइरहेको छ।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २५ जना, नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घाइतेमध्ये अहिलेसम्म १ हजार ४६५ जना डिस्चार्ज भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ। 

  • Jigyasanepal

थप