Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

अरनिको यातायातको बसको ठक्करबाट वृद्धको मृत्यु, आक्रोशित स्थानीयद्वारा बी.पी. राजमार्ग अवरुद्ध

  •   ९ महिना अघि | २८ मंसिर २०८२, आइतवार

काभ्रे । बी.पी. राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा अरनिको यातायातको बसको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन्।

आज भएको दुर्घटनामा ८२ वर्षीय पोटबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको बताइएको छ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले दोषी चालकलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र सो क्षेत्रमा सवारीको तीव्र गति नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्नुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ–पूर्वी जिल्लातर्फ जाने तथा आउने सवारी साधन लामो जाममा परेका छन्। घटनास्थलमा प्रहरी परिचालन गरी स्थानीयसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • Jigyasanepal

थप