Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

आफ्नो सुविधाको गाडी मानव सेवामा दिएपछि चर्चामा भक्तपुरका उपप्रमुख रमेश

पद होइन, पीडा ठूलो हुन्छ: उपप्रमुख बुढाथोकी

  •   ८ महिना अघि | १२ माघ २०८२, सोमवार

भक्तपुर । राजनीति धेरैका लागि सुविधा, पहुँच र तामझाम बन्ने गरेको बेला चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी भने पदलाई सेवाको औजार बनाउँदै अघि बढिरहनुभएको छ। उहाँको कार्यशैलीले एउटा गहिरो प्रश्न छोड्छ— जनप्रतिनिधि हुनु भनेको गाडी चढ्नु हो कि गाडी पीडित बोक्नु हो ?

पेसाले व्यवसायी भए तापनि जनप्रतिनिधि बन्नुअघि नै समाजसेवामा सक्रिय रहनुभएका उपप्रमुख बुढाथोकी २०७९ सालको स्थानीय तह निर्वाचनपछि अझ स्पष्ट रूपमा सेवामुखी सोचका साथ सार्वजनिक जीवनमा उभिनुभएको छ। सपथ ग्रहण गरेकै दिन उहाँले व्यक्त गर्नुभएको प्रतिबद्धता— सरकारी गाडी बिरामी बोक्न प्रयोग गर्ने, तलब–भत्ता सामाजिक सेवामा खर्च गर्ने र व्यक्तिगत सुविधा न्यूनतम लिने—आज भाषणमा होइन, व्यवहारमा देखिन थालेको छ।

नगरपालिकाको कार्यकक्षमा दिनहुँ विभिन्न वडाबाट आएका नागरिकहरूका पीडा, गुनासा र अपेक्षा सुन्ने उहाँको शैली औपचारिक भन्दा पनि मानवीय देखिन्छ। “नागरिकको समस्या सुन्नु र समाधान खोज्नु जनप्रतिनिधिको धर्म हो,” भन्ने उहाँको भनाइ केवल शब्दमा सीमित छैन, काममै झल्किन्छ।

फुटपाथ व्यवस्थापनजस्तो संवेदनशील विषयमा पनि उहाँले लाठी होइन, संवाद रोज्नुभएको छ। “गरिखानेको रोजीरोटी खोसिनु हुँदैन, तर शहर अव्यवस्थित पनि बन्नु हुँदैन,” भन्दै नगरप्रहरीलाई सहकार्य, समझदारी र मानवीय व्यवहार अपनाउन निर्देशन दिनु उहाँको राजनीतिक परिपक्वताको उदाहरण हो। यसले विकास र मानवताको सन्तुलन सम्भव छ भन्ने सन्देश दिएको छ।

शिक्षा र बालअधिकारप्रति उहाँको संवेदनशीलता झनै उल्लेखनीय छ। उपप्रमुख बुढाथोकीले आफ्नै व्यक्तिगत खर्चमा चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोटस्थित तौथली आधारभूत विद्यालयका ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ। यसअघि गडगडे आधारभूत विद्यालय तथा वडा नं. २ स्थित आजाद माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि ट्र्याकसुटलगायत आवश्यक सामग्री सहयोग गरिएको थियो। यी सबै सहयोग सरकारी होइन, निजी स्रोतबाट गरिएको तथ्यले उहाँको निष्ठालाई अझ बलियो बनाउँछ।

जनप्रतिनिधि बन्नुअघि पनि समाजप्रतिको जिम्मेवारीबाट कहिल्यै पछि नहट्नुभएका बुढाथोकीले दोलखाको सैलुङ गाउँपालिका वडा नं. ८ स्थित श्री शारदा माध्यमिक विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणका लागि समेत आर्थिक सहयोग गर्नुभएको थियो।

आज उपप्रमुख रमेश बुढाथोकीले एउटा मौन तर शक्तिशाली व्यङ्ग्य गरिरहनुभएको छ— “राजनीति पदको होइन, पीडाको परीक्षा हो।”

पद, सुविधा र पहुँच कमजोर वर्गको पक्षमा प्रयोग हुनुपर्छ भन्ने उहाँको सोच र व्यवहारले स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवामुखी राजनीतिप्रति नागरिकको भरोसा बलियो बनाउँदै लगेको छ।

  • Jigyasanepal

थप