काठमाडौँ, चैत २६ — पूर्वी अफगानिस्तान को नङ्गरहार प्रान्त मा घरको छत खस्दा एकै परिवारका सात जनाको ज्यान गएको दर्दनाक घटना सार्वजनिक भएको छ।
प्रान्तीय सूचना तथा संस्कृति निर्देशक कुरिसी बद्लोन का अनुसार मंगलबार राति सेरजाद जिल्लामा भएको उक्त दुर्घटनामा सातै जनाको घटनास्थलमै मृत्यु भएको हो।
🏚️ भारी वर्षाले निम्त्यायो विपत्ति
यसअघि पनि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाले बनेको घरको छत खस्दा
👉 ५ जनाको ज्यान गएको थियो
👉 ४ जना घाइते भएका थिए
👉 पछिल्ला दिनहरूमा लगातारको वर्षाले यस्ता दुर्घटना बढ्दै गएको देखिएको छ।
⚠️ १२ दिनमै १३२ जनाको मृत्यु
अफगानिस्तान मा पछिल्लो समय विपद्को असर भयावह बन्दै गएको छ।
✔ 🌧️ भारी वर्षा
✔ ⛰️ पहिरो
✔ 🌪️ आँधीबेहरी
✔ ⚡ चट्याङ
👉 यी विपद्का कारण पछिल्लो १२ दिनमा मात्रै १३२ जनाको मृत्यु भएको छ भने
👉 १९२ जना घाइते भएका छन्।
🏠 माटोका घर—जोखिम उच्च
अफगानिस्तानका ग्रामीण तथा दुर्गम क्षेत्रमा घरहरू प्रायः माटोबाट बनेका हुने भएकाले
👉 वर्षा र विपद्को बेला ढल्ने जोखिम अत्यधिक हुने गरेको छ।
-
Jigyasanepal