Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

भेनेजुएलामा भूकम्पको कहर जारी: मृतक १,४३० पुगे, ५१ हजारभन्दा बढी अझै बेपत्ता

  •   ३ महिना अघि | १४ असार २०८३, आइतवार

काठमाडौं, असार १४ । भेनेजुएलामा जुन २४ मा गएको दुई शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा मृतकको संख्या लगातार बढिरहेको छ। पछिल्लो विवरणअनुसार भूकम्पमा परी १ हजार ४३० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ३६० भन्दा बढी घाइते भएका छन्। अझै ५१ हजार ७०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।

यसैबीच स्थानीय समयअनुसार शुक्रबार दिउँसो देशको उत्तरी तटीय क्षेत्रनजिक ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार राजधानी कराकास तथा माराके लगायतका सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। पछिल्लो पराकम्पनले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ।

उद्धार टोलीले शुक्रबारसम्म २४३ जनालाई जीवितै उद्धार गर्न सफल भएको जनाएको छ। यद्यपि हजारौँ मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

शक्तिशाली भूकम्पले हजारौँ घर, सरकारी संरचना र पूर्वाधारमा क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार, राहत वितरण तथा अस्थायी आश्रयस्थल निर्माणको कार्य तीव्र रूपमा अघि बढाइएको छ।

अधिकारीहरूले नागरिकलाई पराकम्पनको जोखिम अझै कायम रहेकाले सुरक्षित स्थानमा बस्न, क्षतिग्रस्त भवनमा प्रवेश नगर्न तथा सरकारी निकायले जारी गर्ने सुरक्षा निर्देशनको पालना गर्न आग्रह गरेका छन्।

  • Jigyasanepal

थप