Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

दोलखाको यलुङ रि हिमालमा भीषण हिमपहिरो : तीन जनाको मृत्यु, ८ जना बेपत्ता

  •   ११ महिना अघि | १७ कार्तिक २०८२, सोमवार

काठमाडौं । दोलखाको प्रसिद्ध रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमाल क्षेत्रमा गएको भयानक हिमपहिरोले ठूलो जनधन क्षति पुर्‍याएको छ। प्रारम्भिक जानकारी अनुसार, तीन जनाको मृत्यु भइसकेको छ भने चार जना घाइते र आठ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार, हिमाल आरोहणका लागि गएको नेपाली टोली हिमपहिरोमा परेका हुन्। उनका भनाइमा, नेपाली गाइडसहित पाँच जनाको टोली आज बिहान नाँ गाउँबाट यलुङ रि हिमाल आरोहणका लागि प्रस्थान गरेको थियो। आरोहणका क्रममा अकस्मात् ठूलो हिमपहिरो खसेपछि उक्त टोली दु‌र्घटनामा परेको हो।

घटनास्थल अत्यन्तै दुर्गम क्षेत्रमा पर्नाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक चरणमा स्थानीय बासिन्दा र गाउँकै केही युवा उद्धारका लागि पुगेका छन् भने प्रहरी टोली पनि घटनास्थलतर्फ गइरहेको डीएसपी महतोले जानकारी दिएका छन्।

हिमपहिरोको तीव्रता यति शक्तिशाली थियो कि आरोही टोली रहेको क्षेत्र नै पूर्ण रूपमा सेतो हिउँले ढाकिएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइतेहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

यलुङ रि हिमाल रोल्वालिङ हिमशृंखलामा पर्ने लोकप्रिय आरोहण क्षेत्र हो। पछिल्ला वर्षहरूमा त्यहाँ हिउँ र मौसमको अनियमितताका कारण आरोहीहरू बढी जोखिममा पर्ने क्रम बढ्दो छ।

प्रहरीका अनुसार बेपत्ता आठ जनाको खोजी कार्य जारी छ भने मृतकहरूको परिचय खुलाइएको छैन। घटनाको थप विवरण संकलन भइरहेको र विस्तृत जानकारी केहीबेरमै सार्वजनिक गरिने जनाएको छ।

  • Jigyasanepal

थप