Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

भीषण आगलागीमा: दुई घर पूर्णरूपमा नष्ट, एक करोडभन्दा बढीको क्षति

  •   ११ महिना अघि | ४ कार्तिक २०८२, मङ्लबार

नुवाकोट, कार्तिक ४ –

ककनी गाउँपालिका–१ जलकीनीमा आज बिहान लागेको भीषण आगलागीले दुई परिवारको जीवनभरको सम्पत्ति क्षणमै खरानी बनाइदिएको छ। विद्युत् गडबडीका कारण सुरु भएको आगोले केही मिनेटमै बलराम बलामीको घरदेखि फैलिँदै छिमेकी घरलाई समेत पुरै जलाएर नष्ट गर्‍यो।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार, आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको धनसम्पत्ति नष्ट भएको छ।

“विद्युत् शर्ट हुँदा सुरु भएको आगोले रु १० लाख नगद, रु २५ लाख बराबरका सुनचाँदीका गरगहना, रु १८ लाख बराबरका अन्नबाली र लत्ताकपडा तथा भाँडावर्तनसहित दुईवटा ढुङ्गामाटोका घर पूर्ण रूपमा जलेका छन्,” लामाले जानकारी दिए।


स्थानीयवासी र सुरक्षाकर्मीहरूको अथक प्रयासपछि आगो नियन्त्रणमा आउँदा मानवीय र पशुचौपाया क्षति हुनबाट भने जोगाउन सफल भएको प्रहरीको भनाइ छ। तर जलेर खरानी बनेका ती दुई घरले पीडित परिवारलाई एकै रातमा घरबारविहीन बनाएको छ।


ककनी गाउँपालिकाले तत्काल राहतस्वरूप अस्थायी आवास निर्माण गरी पीडितलाई बस्ने व्यवस्था मिलाएको छ। साथै, जिल्ला प्रशासन कार्यालयमार्फत नगद राहत र रेडक्रस नुवाकोट शाखाबाट गैरखाद्य सामग्री (बन्दोबस्तीका सामान) उपलब्ध गराउने सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ।


स्थानीयहरूका अनुसार, बिहानै आगलागी सुरु हुँदा गाउँभर हल्ला मच्चिएको थियो। पानीको अभाव र साँघुरो बस्तीका कारण आगो फैलिन नदिन निकै कठिनाइ भएको थियो। अन्ततः स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा आउन सकिएको हो।

  • Jigyasanepal

थप