Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

बलात्कार मुद्धामा दोषी ठहरि सजाँय भोक्दै गरेका भगौडा कैदीद्वारा पत्नीको हत्या !

  •   १२ महिना अघि | ५ असोज २०८२, आइतवार

काभ्रे । जेनजी आन्दोलनको क्रममा नक्खु कारागारबाट भागेका एक कैदीले आफ्नै पत्नीको हत्या गरेर पुनः फरार भएका छन्। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ गगालका करिब ३६ वर्षीय सन्तबहादुर तामाङले शनिबार आफ्नी ३० वर्षीया श्रीमती मनिषा तामाङलाई हत्या गरेका हुन्।

पनौती–१२ का वडाध्यक्ष जयराम केसीका अनुसार सन्तबहादुर जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई नक्खु कारागारमा सजाय काटिरहेका थिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकै क्रममा जेलबाट भागेर उनी गगालस्थित घर आएका थिए।


घर आएलगत्तै भएको झगडापछि सन्तबहादुरले आफ्नी पत्नीको हत्या गरी फरार भएको वडाध्यक्ष केसीले पुष्टि गरे।

घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोली घटनास्थल पुगेको छ। थप अनुसन्धान भइरहेको र फरार आरोपीको खोजी कार्यलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक  (dsp) रामेश्वर त्वातीले जानकारी दिएका छन्।

  • Jigyasanepal

थप