Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

देशभर मनसुनी प्रभाव कायमै : आज पनि वर्षाको सम्भावना, कोशी र मधेश प्रदेशमा बढी असर

  •   १२ महिना अघि | १९ असोज २०८२, आइतवार

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव अझै कायम रहेकाले आज पनि देशभर मनसुनी क्रियाकलाप जारी रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रियता कायमै रहेकाले धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

महाशाखाले जनाएको अनुसार कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा आज पूर्ण रूपमा बदली रहनेछ भने बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई क्षेत्रका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ। त्यसैले ती क्षेत्रमा नदी–नाला बढ्ने, पहिरो खस्ने, तथा सडक अवरुद्ध हुने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन्।

आज राति पनि कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। ती प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले किसानहरूलाई खेतीपातीका कार्य गर्दा सावधानी अपनाउन, यात्रुहरूलाई लामो दूरीको यात्रा गर्दा आवश्यक सतर्कता राख्न र पहाडी तथा नदी किनारका बस्तीहरूलाई सम्भावित विपद्‌प्रति सचेत रहन आग्रह गरेको छ।


  • Jigyasanepal

थप