Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

खयरमारा बस दुर्घटना अपडेट : दुईको मृत्यु, २६ जना घाइते

  •   १२ महिना अघि | १७ असोज २०८२, शुक्रबार

महोत्तरी । बर्दीबास-१० खयरमारामा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा १० का ६५ वर्षिय पैदलयात्रु चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।त्यस्तै उपचारको क्रममा बसमा सवार ईश्वरपुर १२ का १० वर्षिय प्रमिस खडकाको शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल प्रमुख प्रदीप कार्कीका अनुसार बालक खडकाको टाउकोमा गहिरो चोट लागेको छ ।जिल्ला ट्राफिक प्रमुख जोशीकाअनुसार खयरमाराबाट काठमाडौंतर्फ जाँदैगरेको ना ६ ख १४६४ नम्बरको यात्रुबस आज विहान बर्दीबास १० खयरमारास्थित लक्ष्मीनारायन माध्यमिक विधालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको हो ।

  • Jigyasanepal

थप