Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो, जनजीवन र यातायात प्रभावित हुने सम्भावना

  •   ९ महिना अघि | ९ पुस २०८२, बुधबार

काठमाडौँ । देशका तराई भूभागका अधिकांश स्थानमा बुधबार बिहानदेखि बाक्लो कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाले यसले दैनिक जनजीवन, स्वास्थ्य तथा यातायातमा प्रत्यक्ष असर पार्न सक्ने भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज बिहान ८ बजे चेतावनी तथा परामर्श जारी गर्दै तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभाव अझै केही समय कायम रहने जनाएको हो। चेतावनीमा भनिएको छ, “तराई भूभागमा हुस्सु/कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।”

महाशाखाका अनुसार दिउँसो पनि तराई क्षेत्रमा कुहिरोको प्रभाव रहनेछ। विशेषगरी कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका तराई भूभागमा मध्याह्नसम्म कुहिरो लागिरहने सम्भावना छ भने बाँकी तराई क्षेत्रमा दिनभर नै हुस्सु रहने अनुमान गरिएको छ।

यद्यपि, पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा पनि तराईका भूभागमा पुनः हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कुहिरोका कारण सडक तथा हवाई यातायातमा समस्या आउन सक्ने भएकाले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप