Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

चक्रवात ‘मोन्था’को प्रभाव बढ्दै : शुक्रबार रातिबाट वर्षा र हिमपात तीव्र, शनिबार दिउँसो नेपालबाट बाहिरिने

  •   ११ महिना अघि | १३ कार्तिक २०८२, बिहिबार

जिग्यासा नेपाल

कात्तिक १३, २०८२ | बिहीबार | काठमाडौं

अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को संयुक्त प्रभावले आजदेखि देशभर मौसम असामान्य बनेको छ। पश्चिमी वायूको सक्रियतासँगै बुधबार रातिदेखि नै वर्षा सुरु भइसकेको छ भने आज बिहानदेखि देशका अधिकांश भागमा लगातार पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद् विनु महर्जनका अनुसार अहिले सबैभन्दा बढी वर्षा कोसी प्रदेशमा मापन गरिएको छ भने लुम्बिनीमा अपेक्षाकृत कम वर्षा भएको छ।

> “हाल हल्का वर्षा भइरहे पनि भोलिदेखि ‘मोन्था’को प्रभाव अझ तीव्र रूपमा देखिनेछ,”

— मौसमविद् विनु महर्जन

उनका अनुसार आज दिउँसोबाट नै चक्रवातको प्रभाव क्रमशः बढ्दै जानेछ र रातिदेखि देशका मध्य तथा पश्चिम भागमा वर्षाको तीव्रता उच्च रहनेछ। शुक्रबार राति सम्ममा वर्षा र हिमपात दुवै सक्रिय हुने र शनिबार दिउँसो चक्रवात नेपालबाट पूर्वतर्फ सर्दै बाहिरिने सम्भावना रहेको बताइएको छ।

महर्जनका शब्दमा —

> “सेन्ट्रल क्षेत्र हुँदै मोन्था पूर्वतर्फ सर्दै शनिबार दिउँसो नेपालबाट बाहिरिनेछ। त्यसपछि वर्षा क्रमशः कम हुँदै जानेछ।”

काठमाडौंमा आज हल्का वर्षा भइरहेकाले भोलि पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना उच्च रहेको उनको भनाइ छ। लुम्बिनी प्रदेशमा भने आज रातिबाट यसको प्रभाव बढी देखिने अनुमान छ।

सतर्कता निर्देश जारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका ४४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस मध्ये १० जिल्लामा निरन्तर मौसम अद्यावधिक जानकारी लिन र सम्भावित जोखिम क्षेत्रबाट सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्न सुझाव दिइएको छ।

प्राधिकरणका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ भने कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको जोखिम छ।

सरकारी निकायहरूले वर्षा र हिमपातका कारण हुन सक्ने बाढी, पहिरो, सडक अवरोध र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले नागरिकलाई सचेत रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

चक्रवात ‘मोन्था’ हाल नेपालमा पूर्ण रूपमा सक्रिय बनेको छ।

आज हल्का वर्षा भइरहे पनि भोलिदेखि यसको प्रभाव तीव्र हुने र शनिबार दिउँसोसम्म वर्षा तथा हिमपात बढ्ने सम्भावना उच्च रहेको मौसमविद्हरूको निष्कर्ष छ।  सुझाव: नागरिकले सतर्क रहनु, अनावश्यक यात्रा टार्नु र मौसमसम्बन्धी सूचनामा निरन्तर ध्यान दिनु अहिलेको आवश्यक तयारी हो।

  • Jigyasanepal

थप