Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

धरौटी बुझाएर रिहा भए रवि लामिछाने

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

काठमाडौं, माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६० लाख रुपैयाँ धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेश लगत्तै लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन्।

अन्य प्रकरणमा पनि धरौटीमा छुट

रवि लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी अनियमितता प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अन्य अनुसन्धानहरू

बुटवलस्थित इलाका प्रहरी कार्यालयले लामिछानेविरुद्ध रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ।

चितवन जिल्ला प्रहरी कार्यालयले पनि लामिछाने जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ।

तर, कास्कीमा धरौटी बुझाएर छुटेका कारण काठमाडौंमा पनि सोही नीति अपनाइएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।


  • Jigyasanepal

थप