काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८औँ साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा समग्र सहकारी अभियानको तर्फबाट सागरनाथ कपाली उपाध्यक्ष पदका सशक्त उम्मेदवारका रूपमा अगाडि आउनु भएको छ। दुई दशकभन्दा लामो समयदेखि सहकारी अभियानमा निरन्तर सक्रिय रहँदै आउनु भएका कपालीलाई अनुभवी, इमानदार र दूरदर्शी सहकारी अभियन्ताका रूपमा चिनिन्छ।
नीति, विधि र सहकारीका मूल मूल्य–मान्यतालाई आत्मसात् गर्दै काम गर्दै आएका कपालीले पारदर्शिता, सुशासन र सदस्यको दीर्घकालीन हितलाई सधैँ प्राथमिकतामा राख्दै नेतृत्व प्रदान गर्दै आउनुभएको सहकारीकर्मीहरूको भनाइ छ। उहाँको कार्यशैलीका कारण सहकारी क्षेत्रभित्र मात्रै होइन, समुदायस्तरमै विश्वास र सम्मान कायम भएको सहकारी विज्ञहरू बताउँछन्।
प्रभात साकोसको नेतृत्वमा देखिएको परिणाममुखी अभ्यास
विशेषगरी प्रभात बचत तथा ऋण सहकारी संस्था (साकोस) को अध्यक्षका रूपमा काम गर्दा कपालीले सहकारीलाई कसरी अनुशासित, उत्तरदायी र सदस्य–मैत्री बनाउने भन्ने विषयमा उदाहरणीय अभ्यास प्रस्तुत गर्नुभएको सहकारीकर्मीहरूको भनाइ छ। वित्तीय अनुशासन, समयमै लेखापरीक्षण, जोखिम व्यवस्थापन, सदस्य शिक्षामा जोड, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा समुदायसँग सहकार्य गर्ने अभ्यासले प्रभात साकोसलाई नमुना सहकारीका रूपमा स्थापित गर्न उहाँको भूमिका निर्णायक रहेको उल्लेख गरिन्छ।
सहकारीमैत्री समाज र दीगो समुदायको स्पष्ट भिजन
कपाली सहकारीलाई केवल वित्तीय कारोबारको थलो मात्र नभई सहकारीमैत्री समाज निर्माण गर्ने सशक्त माध्यम का रूपमा हेर्नुहुन्छ। सहकारीले समुदायको आर्थिक सशक्तीकरणसँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने धारणा उहाँको मुख्य एजेन्डा रहेको सहकारी विज्ञहरूको विश्लेषण छ। सदस्य–केन्द्रित सेवा, युवाको सहभागिता, महिला सशक्तीकरण र स्थानीय उत्पादन प्रवर्द्धनमार्फत सहकारीलाई दीगो बनाउने स्पष्ट भिजन उहाँसँग रहेको बताइन्छ।
उपाध्यक्ष पदका लागि किन कपाली ?
अनुभव, इमानदारी, समन्वय क्षमता र दूरदृष्टिका कारण सागरनाथ कपाली उपाध्यक्ष पदका लागि स्वाभाविक रोजाइमा पर्नु भएको सहकारी क्षेत्रको बुझाइ छ। समग्र काभ्रे जिल्लाको सहकारी अभियानलाई संस्थागत, उत्तरदायी र विश्वासिलो बनाउने क्षमतावान् नेतृत्वका रूपमा उहाँलाई हेर्ने गरिएको छ।
कतिपय सहकारी विज्ञहरूका अनुसार, “कपालीजस्तो सहकारी मूल्य र समुदायको मर्म बुझ्ने नेतृत्वलाई जिताउनु सबै सदस्यहरूको दीर्घकालीन हितमा हुनेछ।” यही कारण सहकारीकर्मी र सदस्यहरूको बीचमा उहाँप्रति समर्थन दिनानुदिन बढ्दै गएको बताइएको छ।
समग्र सहकारी अभियानलाई अझ सशक्त, पारदर्शी र दीगो बनाउने अठोटसहित अघि बढ्नु भएका कपालीलाई अत्यधिक बहुमतसहित विजयी गराउन सहकारी क्षेत्रबाट सकारात्मक माहोल बनेको देखिन्छ।
-
Jigyasanepal