Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना : एकको मृत्यु, २३ घाइते

  •   २ वर्ष अघि | २८ माघ २०८१, सोमवार

धादिङ – भक्तपुरबाट चितवनको देवघाटतर्फ गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।

धादिङको थाक्रे गाउँपालिका–७, सात किलोस्थित पृथ्वी राजमार्गमा आइतबार राति बा ३ ख ८९२३ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।

घटनामा दोलखाकी ५० वर्षीया पार्वती काफ्ले गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा उनलाई नेपाल प्रहरी अस्पताल, महाराजगन्ज लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने अन्य घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीको

भनाइ छ।


  • Jigyasa media

थप