Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

देशभर मौसम बदली, हिमपातको सम्भावना तर वर्षाको आशा अझै टाढा

  •   १ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत २१ – देशका केही भूभागमा हल्का हिमपातको सम्भावना रहे पनि तत्काल वर्षाको संकेत देखिएको छैन। मौसमविद्हरूका अनुसार पछिल्लो केही दिनदेखि पश्चिमी र स्थानीय वायुको प्रभाव देखिए पनि ती प्रणाली बलियो नहुँदा वर्षा नहुने अवस्था छ।

कतै बादल, कतै खुला आकाश

आज कोसी र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

काठमाडौं उपत्यकामा दिउँसो तापक्रम २६ देखि २८ डिग्री सेल्सियस रहनेछ। राति भने कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

वर्षा अझै टाढा, वायु प्रदूषण यथावत्

वर्षा नहुँदा वायु प्रदूषणमा खासै सुधार आउने छैन। तर, हावाको वेग केही बढ्ने भएकाले आज र भोलि प्रदूषण केही मात्रामा कम हुनसक्ने मौसमविद् मीनकुमार अर्याल बताउँछन्।

"मंगलबार र बुधबारको तुलनामा आज र भोलि वायु प्रदूषण केही कम हुनसक्छ, तर पूरै हट्ने सम्भावना छैन," उनले भने।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यी प्रणालीहरू बलियो नहुँदा बादल लागे पनि वर्षा हुन सकेको छैन। मौसमविद्हरूका अनुसार कम्तीमा आगामी तीन दिनसम्म पनि वर्षाको सम्भावना छैन।


  • Jigyasa media

थप