चितवन – चितवनको माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० वर्षीय सरस्वती महतोको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, महतोलाई गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला चट्याङ लागेको हो। चट्याङका कारण उनको टाउको, ढाड, खुट्टा, र शरीरका अन्य भागमा गम्भीर चोट लागेको थियो, जसका कारण उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
- Jigyasa media