Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

लक्ष्मी शर्माको कथासङ्ग्रह हजुरआमा लोकार्पित

  •   ५ महिना अघि | २८ चैत्र २०८२, शनिबार

काठमाडौँ। कथाकार लक्ष्मी शर्माको कथासङ्ग्रह हजुरआमाको लोकार्पण सम्पन्न भएको छ ।

अग्रज कथाकार भागिरथी श्रेष्ठ,श्रीओम श्रेष्ठ रोदन,डा.दिनबन्धु शर्मा र कथाकार शर्मा लगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।

नेपाल स्रष्टा समाजको आयोजनामा शनिवार राजधानीमा सम्पन्न कार्यक्रममा मानवीय संवेदनाले भरिपूर्ण कथाहरु जुन सत्य घट्नाजस्ता लाग्छन् भन्दै प्रमुख अतिथि भागिरथी श्रेष्ठले भनिन कथाकार शर्माका कथाका भावनात्मक संवेदनशील पक्षलाई मलाई छोयो । कथाकार सुन्दर प्रतिक प्रयोग गर्न सक्षम भएको प्रष्ट भयो । नेपाली कथामा महिला हस्ताक्षर कृति सहित थपिएकोमा बधाई छ ।

कृतिमाथि चर्चा गर्दै शेषनाथ पौडेलले भने वि.सं.२०५५ सालमा पहिलो कथा प्रकाशित गरेकी शर्माका कथाहरुमा नारी पात्रको प्रथम दृष्टिविन्दुबाट लेखिएका कथाहरुको प्रधानता पाइन्छ । कथाहरुको पृष्ठभूमि र कथानकता परिवार वरिपरि घुमेको देखिन्छ । यसका साथै पारीवारिक सम्बन्धका विभिन्न आयामहरुमा कथाहरु लेखिएको पाइन्छ । उनले प्रायःकथाहरु नारी संवेदनामूलक भएको बताए । कृतिमा समावेश भएका कथाहरुको परिवेश काठमाडौँ उपत्यका र तराईका केहि स्थान रहेको पनि बताए । कथाहरुमा आशावादी चेत रहेको,छोटा आयाम,नारी पुरुषको समआख्यान,समास शैली,प्राकृतिक सौन्दर्यको वर्णन,नारीको समर्पण भाव कथाका विशेषताको रुपमा आफुले पाएको पनि पौडेलले चर्चा गरे । 

अर्का चर्चाकार चुडामणी पौड्यालले शर्माका कथाहरु संस्मरणात्मक र वर्णनात्मक शैलीमा आएको भन्दै महिलाका कथाव्यथा नै कथाहरुका मुख्य विषयवस्तु रहेको बताए । उनले कथाकारको संवेदनशील मन कथाहरुमा पोखिएको बताए । कथामा अनुभूतिपरकता देखिन्छ,जसले पाठकलाई पनि प्रत्यक्ष प्रभाव पार्छ । 

कथाकार डा.दिनबन्धु शर्माले कथाहरुमा भावनात्मक प्रवाह भएको बताउँदै भने सर्सर्ती हेर्दा ह्रदयले लेखिएका कथाहरु छन् ।

हजुरआमाकी कथाकार शर्माले जीवनका भोगाइका अनुभूतिहरुलाई कथाको रुपमा ल्याएको भन्दै पुस्तक निकाल्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिइन । 

समाजका अध्यक्ष रोदनले ह्रदयको आवाजले प्रष्फुटित भएर आएका कथाहरुले आफुलाई मन छोएको बताए। उनले भने स्रष्टाको व्यवहार र उसको सिर्जनामा तादम्यता हुनुपर्छ । वर्तमान समयमा साहित्यको समीक्षाको क्षेत्रमा आएको विकृत पक्षमाथि उनले भने समीक्षकले अरुको सिर्जनाको हत्या गर्न पाइँदैन् ।स्वाभिमानमा चोट पुर्याउँन पाइँदैन् । कृति जन्मेको दिनलाई उत्सवमय बनाउँनुपर्छ । उनले कथाकार लेखनीमा इमान्दार भएको,उनमा कृतिमता नपाएको पनि बताए ।

कार्यक्रममा कृति प्रकाशन सँस्था भुँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरे । 

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रोदन,सञ्चालन माधव विडारी र स्वागत तारा सुवेदीले गरिन् ।

  • Jigyasanepal

थप