Breaking News
आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||    

चार प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | ७ चैत्र २०८१, बिहिबार

काठमाडौं – देशका केही भागमा आज मौसम प्रभावित रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार बिहान पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो यी प्रदेशहरू प्रभावित हुने सम्भावना

मौसम पूर्वानुमान अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सावधानी अपनाउन विभागको आग्रह

वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

हाल देशमा पश्चिमी प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।


  • Jigyasa media

थप