काठमाडौ । गोकर्णेश्वर नगरपालिका-४ स्थित गोकर्णबाट वडा नं २ को पाखाथोक जाने घट्टेखोला किनारको सडक बिहीबार राति वर्षासँगै आएको बाढीले बगाउन थालेको छ। उपभोक्ता समितिले तीन वर्षअघि निर्माण गरेको पर्खाल भत्किएपछि यहाँ यात्रा जोखिमपूर्ण बनेको छ। यसले धेरै विद्यालयका विद्यार्थीलाई अप्ठ्यारो पर्ने बताइएको छ।
स्थानीय विजय कर्माचार्यका अनुसार, नगर प्रमुख दीपककुमार रिसाल र वडा नं ४ का वडाध्यक्ष जयराम महतले स्थलगत निरीक्षण गरेका छन्। पर्खाल बनाउन प्रयोग गरिएका ढुंगा बगाउन नपाओस् भनेर रोकथामका लागि पहल थालिएको छ र तत्काल लगत अनुमान तयार पारेर निर्माण गरिने वडाध्यक्ष महतले जानकारी दिएका छन्।
- RSS