Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

बाँकेमा खसी किन्ने क्रममा विवाद, कुटाकुटमा एकको मृत्यु

  •   १२ महिना अघि | ४ असोज २०८२, शनिबार

बाँके । खसी किन्ने क्रममा उत्पन्न विवादले बाँकेमा कुटाकुटसम्मको रूप लिएपछि एक जनाको ज्यान गएको छ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार बिहान खसी किन्न गएका बेला विवादमा परेर मृत्यु भएको हो।

घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिँदै भने, “जाबिद अलीले लिन ठिक्क पारेको खसी अर्को समूहले उठाएपछि दुई पक्षबीच झडप भएको थियो। ढुंगा हानाहानको क्रममा घाइते भएका जाबिदलाई उपचारका लागि लगिएकोमा शुक्रबार दिउँसो साढे २ बजेतिर मृत्यु भयो।”

कुटाकुटमा संलग्न रहेको आशङ्कामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पातलीले बताए।

घटनास्थलका एक स्थानीयका अनुसार विवादमा संलग्न समूहबीच सालो–भेना सम्बन्ध रहेको आशंका गरिएको छ। तर मृतक बेहना कुन पक्षको सालो वा भेना हुन् भन्नेबारे प्रहरी अनुसन्धान जारी रहेको छ।

स्थानीय तहमा दशैं नजिकिँदै गर्दा खसी किनबेचसँगै हुने भीडभाडमा यस्ता घटना दोहोरिन सक्ने भन्दै प्रहरी प्रशासनले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप