झापा।
जेन–जी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोल झापामा फेला परेका छन्। प्रहरीको संयुक्त विशेष टोलीले दमकबाट तीन जनालाई पक्राउ गरी हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा—
विश्व लिङ्देन (२९), दमक–६ प्रशान्तिटोल
सरोज पुरी (२६), दमक–९
पवन हाङसुङ्वा (३०), इलाम चुलाचुली–४ आइतबारे
रहेका जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।
गोप्य सूचनाको आधारमा दमकमै डेरा गरेको स्थानबाट पक्राउ अभियान
गएराति लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टिमले दमक–८ मा डेरा गरेका सरोज पुरीलाई कोठा बाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
पुरीको साथबाट टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको प्रहरीको बयान छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा पठाइएको थियो।
बयानले खोलेको अर्को हतियारको लोकेसन
सोही सोधपुछ क्रममा पुरीले अर्को पेस्तोल विश्व लिङ्देनकहाँ रहेको स्वीकारेका थिए। त्यसपछि प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको हो।
लिङ्देनले हतियारलाई रु २० हजारमा पवन हाङसुङ्वालाई बेचेको समेत बयान दिएका छन्।
बारी खनेर लुकाइएको पेस्तोल भेटियो
त्यसका आधारमा संयुक्त प्रहरी टोली इलाम चुलाचुली–४ स्थित पवन हाङसुङ्वाको बारीमा पुगेको थियो।
खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइएका अवस्थामा
टाइप–५४ चाइनिज पेस्तोल १ थान
५ राउण्ड गोली (पेस्तोलमै लोड गरिएको)
फेला परेको प्रहरीले जनाएको छ। बरामद पेस्तोल केही खिया लागेको अवस्थामा भेटिएको थियो।
काठमाडौँ पठाइयो, अनुसन्धान थप विस्तारित
हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएपछि तीनै जनालाई दमकमा ल्याइएर प्रारम्भिक अनुसन्धान गरिएको छ।
बरामद दुवै पेस्तोल र २० राउण्ड गोलीसहित, तीनै अभियुक्तलाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनालाई जेन–जी प्रदर्शनका क्रममा भएको हतियार लुटपाटको महत्वपूर्ण breakthrough मानेको छ।
-
Jigyasanepal