Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मधेसका मुख्यमन्त्री सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका ४ दलका ६ मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् । नेकपा एमाले–नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेका हुन् ।


अर्थमन्त्री भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बेची लुङ्गेली, गृह तथा सञ्चारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका छन् । ६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।


आजै काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी समेत रहेको छ । मुख्यमन्त्री सिंहले राष्ट्रिय समीकरणअनुसार सबै प्रदेशमा परिवर्तन हुने अवस्था रहेको र मधेस प्रदेशमा आजै विश्वासको मत लिने भएकाले नयाँ समीकरणका हिसाबले प्रदेश सरकार गठन भएको बताए । उनले प्राविधिक समस्या भएकाले राजीनामा नदिईकन बसेकाले बर्खास्त गर्नुपरेको बताए । उनले कुनैपनि मन्त्रीले असहयोग नगरेको पनि बताए । मुख्यमन्त्री सिंहले मन्त्रीहरूकै सहमतिमा बर्खास्त गरिएको बताए ।

  • Jigyasa media

थप