Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बाल यौन दुर्व्यवहार मुद्दामा मदन राईलाई साढे दुई वर्षको जेल सजाय

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

काठमाडौं, माघ २५ – खोटाङका मदन राईलाई बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गर्दै अदालतले साढे दुई वर्ष कैद सजाय सुनाएको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई दोषी ठहर गर्दै शुक्रबार उक्त फैसला सुनाएको हो। साथै, राईलाई एक लाख रुपैयाँ जरिवाना र पीडितलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिइएको छ।

राईविरुद्ध २०८० जेठ २१ गते बाल यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दर्ता भएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनी चार लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

७५ वर्षीय राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययनरत एक बालिकाले उनीविरुद्ध उजुरी दिएकी थिइन्। उजुरीमा उनले अश्लील हर्कत गरेको, संवेदनशील अंगमा हात हालेको, शारीरिक सम्पर्कका लागि आग्रह गरेको तथा नग्न शरीर देखाएर अनैतिक क्रियाकलापमा उक्साएको आरोप लगाइएको थियो।

प्रहरीले वैशाख २९ गते उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अन्तर्गतको कसुरमा दोषी ठहर भएसँगै अदालतले कठोर सजाय तोकेको हो।

यो निर्णयले बाल अधिकार संरक्षणमा थप जागरूकता ल्याउने विश्वास गरिएको छ।


  • Jigyasa media

थप