Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

विपिन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए : एक राष्ट्रको पीडा र श्रद्धाञ्जली

  •   ११ महिना अघि | ४ कार्तिक २०८२, मङ्लबार

कञ्चनपुर, कार्तिक ४ –

यदि विपिन जोशी आज जीवित हुने भए, सायद महेन्द्रनगरदेखि काठमाडौंसम्म देशले उत्सव मनाउँथ्यो। विमानस्थलमा स्वागतको लर्को लाग्थ्यो, देशभरका समाचारमाध्यमहरूले “विपिन फर्किए” भनेर शीर्षक लेख्थे। तर नियतिले अर्कै कथा लेख्यो — गाजाको बारुदी मैदानमा विपिन मारिए र आज, उनी महाकालीको किनारमा बिलाए।


दुई वर्षअघिको त्यो भयावह क्षण सम्झँदा अझै देश काँप्छ। इजरायलको नेगेभ क्षेत्रस्थित कृषिक्षेत्रमा अध्ययनरत विपिनलाई हमासले अपहरण गरेको समाचारले सिङ्गो नेपाललाई स्तब्ध बनायो। दुई वर्षदेखि परिवारले ‘सकुशल फर्किएस्’ भन्ने आशामा दियो बाल्दै प्रतीक्षा गरिरहे। तर, गत असोजको अन्तिम साता हमासले उनको मृत्यु पुष्टि गर्‍यो।


इजरायली पक्षको ‘फरेन्सिक रिपोर्ट’ अनुसार, हमासले बन्धक अवस्थामै टाउकोमा गोली हानेर विपिनको हत्या गरेको जनाइएको छ। यो खबरले जोशी परिवार मात्र होइन, सम्पूर्ण देशलाई शोकसागरमा डुबायो।


आज बिहान महाकाली नदीको भुजेलाघाटमा विपिनको अन्त्येष्टी गरियो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर विपिनप्रति राज्यको सम्मान प्रकट गरे भने सशस्त्र प्रहरी बलको टुकडीले सलामी अर्पण गर्‍यो। राष्ट्रका लागि परदेशमा आफ्नो जीवन गुमाएका युवाप्रति यो एक गहिरो श्रद्धाञ्जली थियो।


इजरायलका लागि नेपाली विद्यार्थीको टोलीसँगै अध्ययनरत विपिनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएपछि राति ढिलो आफ्नै घर महेन्द्रनगर पुर्‍याइएको थियो। आज उनको अन्त्येष्टीमा जनप्रतिनिधि, सुरक्षाकर्मी, आफन्तजन, इजरायली राजदूत समुलिक एरी बास, र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखियो।


राजदूत बासले भुजेलाघाटमै इजरायली राष्ट्रपतिको शोक सन्देश वाचन गर्दै इजरायली झण्डा विपिनको शवमा ओढाए। उनले भनिन्, “विपिन केवल नेपालका मात्र होइन, मानवताको बलिदानी हुन्। उनको स्मृति हाम्रो साझा पीडा र सहानुभूतिको प्रतीक हुनेछ।”


विपिनका बुवा महानन्द जोशी र ठुलाबुवा रामदत्त जोशीले दागबत्ती दिए। अब विपिन शारीरिक रूपमा छैनन्, तर उनको संघर्ष र साहसले नेपालको पहिचान विश्वमा पुर्‍याएको छ।


दुई वर्षअघि परदेशिएको विपिन फर्किए — तर ओझेलिएको अस्तित्वमा, राष्ट्रिय झण्डामा ओढिएर, हजारौँ आँसुका बिचमा।

उनको नाम अब केवल समाचार होइन, एक युगको प्रतीक बनेको छ —

एक नेपाली युवक, जसले अध्ययनका सपना बोकेर गएको भूमिबाट

शान्तिको सन्देशको खातिर बलिदानको कथा बनाइदियो।


🙏 विपिन जोशीलाई भावपूर्ण श्रद्धाञ्जली।


  • Jigyasanepal

थप