Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

भक्तपुरमा १६ वर्षअघिको ट्याक्सी चालकको हत्या गर्ने काभ्रेका विरमान पक्राउ

  •   २ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं – भक्तपुरको नरेफाटमा १६ वर्षअघि ट्याक्सी चालकको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको फोक्सिङटार निवासी ३७ वर्षीय विरमान सिंह भुलन तामाङ रहेका छन्।

२०६६ माघ २६ गते ट्याक्सी चालक मेघ बहादुर तामाङको शव रोकिराखेको ट्याक्सीभित्र गलबन्दीले बाँधिएको अवस्थामा फेला परेको थियो। घटनापछि उपत्यकाको सुरक्षा संवेदनशीलता बारे चर्को बहस भएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार २०६६ मंसिर २६ गते राति साढे १२ बजे ट्याक्सी रिजर्भ गरेका चारजनाले मदिरा सेवन गरेपछि चालकलाई नियन्त्रणमा लिएर नरेफाटमा हत्या गरेका थिए। गलबन्दीले घाँटी कसेर हत्या गरेपछि खुट्टा बाँधेर उनको शव फालिएको थियो।

घटनाको अनुसन्धान अनुसार, हत्या लुटपाटका लागि गरिएको थियो। अपराधीहरूले चालकको मोबाइल र २० हजार रुपैयाँ लिएर फरार भएका थिए। घटनापछि दुई जना पक्राउ परे पनि विरमानसहित दुई जना फरार थिए।

१५ वर्षसम्म लुकेर बसेका विरमान तामाङ मलेसियामा पाँच वर्ष वैदेशिक रोजगारी गरेर फर्किएपछि काठमाडौंको सुनाकोठीमा मजदुरी गर्दै आएका थिए। प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो। भक्तपुर जिल्ला अदालतले २०७८ भदौ ३ गते कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय तोकेको थियो।


  • Jigyasa media

थप