झापा, भद्रपुर नगरपालिका निवासी निश्चल राजभण्डारीको काठमाडौंबाट भक्तपुर फर्किने क्रममा भएको दु:खद दुर्घटनामा निधन भएको छ। उनकी श्रीमती भने गम्भीर घाइते भएकी छन्।
दुर्घटना त्यसबेला भएको हो जब स्कुटर यात्रा गर्दै गर्दा एक कुकुरले बाटो काटेपछि स्कुटर असन्तुलित भई लडेको थियो। यस घटनामा राजभण्डारीको निधन भयो भने उनकी श्रीमती अस्पतालमा उपचाररत छिन्।
मृतक निश्चल भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका एकमात्र छोरा थिए। उनी र उनकी श्रीमती अध्ययनका लागि अस्ट्रेलियामा बस्दै आएका थिए र केही दिनअघि मात्र आफ्नो मूलघर भद्रपुर आएका थिए। परिवारिक स्रोतका अनुसार दम्पती यसै साता अस्ट्रेलिया फर्कने तयारीमा थिए।
यो हृदयविदारक घटना परिवारका लागि मात्र होइन, सम्पूर्ण स्थानीय समाजका लागि गहिरो शोकको विषय बनेको छ। राजभण्डारी परिवारलाई यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी शुभेच्छा प्रकट गरिएको छ।
- Jigyasa media