Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

अमेरिकी सहयोगमा सञ्चालित ८० अर्बका चार ठूला परियोजना रोकिए, एमसीसी परियोजना भने जारी

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

१५ माघ, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग कटौतीसम्बन्धी नीतिले नेपालमा सञ्चालित अमेरिकी सहयोगका कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव परेको छ। यस नीतिका कारण अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) अन्तर्गतका चार प्रमुख परियोजना हाललाई रोकिएका छन्।

नेपालस्थित अमेरिकी दूतावासले यूएसएडका परियोजनाहरूको पुनरावलोकन गर्नुपर्ने जानकारी गराएपछि अर्थ मन्त्रालयले यी परियोजनाहरू तत्काल स्थगित गर्न निर्देशन दिएको छ। स्थगित परियोजनामा यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ, एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ, हेल्थ एजुकेसन फाइनान्सिङ, र इन्क्लुजन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन्।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार, यी परियोजनाहरू ९० दिनका लागि स्थगित गरिएको र त्यस अवधिमा कुनै आर्थिक दायित्व सिर्जना गर्न नपाइने बताइएको छ। नेपाल सरकार र यूएसएडबीच ५ मे २०२२ मा भएको सम्झौताअनुसार, यी परियोजनाहरू मार्फत अमेरिकाले करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउने योजना थियो।

तर, अमेरिकी सहयोग अन्तर्गतको बहुचर्चित एमसीसी परियोजना भने जारी रहनेछ। अर्थ मन्त्रालयका अनुसार, एमसीसीबारे हालसम्म कुनै रोक लगाउने जानकारी प्राप्त नभएकोले परियोजना यथावत अघि बढ्नेछ।

एमसीसी परियोजना विद्युत् प्रसारण लाइन निर्माण, सबस्टेसन निर्माण, र सडक स्तरोन्नतिको उद्देश्यका साथ अघि बढाइएको छ। यसमा अमेरिकी सरकारको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी रहेको छ। परियोजना २०८५ भदौ १३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हाल अमेरिकाबाट नेपालले प्राप्त गरिरहेको कुल सहयोग करिब २ खर्ब ४५ अर्ब रुपैयाँ बराबर रहेको छ। यूएसएडमार्फत सञ्चालनमा रहेका परियोजनाहरूको कुल मूल्य ९५ अर्ब रुपैयाँ रहेको जानकारी अर्थ मन्त्रालयले दिएको छ।

हालैको विकासक्रमले नेपालमा अमेरिकी सहयोग कार्यक्रमहरूको भविष्यबारे थप छलफल र समीक्षाको आवश्यकता रहेको देखिएको छ।


  • Jigyasa media

थप