Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

त्रिशूली नदीमा बस दुर्घटनाका मृतकका परिवारलाई मधेस प्रदेश सरकारले १ लाख दिने

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

जनकपुरधाम । असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई मधेस प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति १ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।


त्रिशूली दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरिएको उनले बताए । मुख्यमन्त्री कार्यालयले सो निर्णयको घोषणा गरिसकेको छ । प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने उनले जनाएका छन् । यसका साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।

  • Jigyasa media

थप