Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

घाँसको भारी बोकेकी किशोरी नदीमा डुबेर मृत्यु

  •   १ वर्ष अघि | २५ साउन २०८२, आइतवार

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरकी १६ वर्षीया रंगिला कुमारी बैठाको शनिबार स्थानीय मनुसमारा खोलामा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, घाँसको भारी बोकेर घर फर्कंदै गरेकी उनी पुरानो मनुसमारा खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी थिइन्। खसेपछि जलकुंभीमा टाउको अड्किँदा डुबेर मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी पाएपछि अर्नाहा र इलाका प्रहरी कार्यालय गडहरियाबाट प्रहरी निरीक्षक ज्जवल कार्कीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप