Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

घाँसको भारी बोकेकी किशोरी नदीमा डुबेर मृत्यु

  •   १ वर्ष अघि | २५ साउन २०८२, आइतवार

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुरकी १६ वर्षीया रंगिला कुमारी बैठाको शनिबार स्थानीय मनुसमारा खोलामा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, घाँसको भारी बोकेर घर फर्कंदै गरेकी उनी पुरानो मनुसमारा खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी थिइन्। खसेपछि जलकुंभीमा टाउको अड्किँदा डुबेर मृत्यु भएको बताइएको छ।

घटनाको जानकारी पाएपछि अर्नाहा र इलाका प्रहरी कार्यालय गडहरियाबाट प्रहरी निरीक्षक ज्जवल कार्कीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।

किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप