Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान

  •   २ वर्ष अघि | २४ असोज २०८१, बिहिबार

काठमाडौं – दक्षिण कोरियाली लेखक हान काङले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार जितेकी छिन्। ५३ वर्षीया हान काङलाई मानसिक र शारीरिक यातना, ऐतिहासिक घटनाहरू र मानवीय जीवनको नाजुकतालाई उजागर गर्ने उनको गहिरो र काव्यात्मक लेखनको लागि स्विडिश एकेडेमीले सम्मानित गरेको हो। यससँगै, हान काङ नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली साहित्यकार बनेकी छन्।

हानको चर्चित पुस्तक ‘द भेजिटेरियन’ ले उनीलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको हो। यो उपन्यासले एक महिलाले मासु खान छाड्ने निर्णयले उसको जीवनमा ल्याएको गहिरो प्रभावको कथा बोल्छ। सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको यो पुस्तकले साहित्यिक जगतमा हानलाई उच्च स्थानमा पुर्‍याएको थियो।

उनको अर्को महत्वपूर्ण कृति ‘ह्युमन एक्ट्स’ सन् १९८० को दक्षिण कोरियाली लोकतान्त्रिक विद्रोह र त्यस क्रममा भएको सेनाको दमनलाई चित्रण गर्छ। यस पुस्तकले विद्रोहको क्रममा मारिएका एक युवाको मार्मिक कथा प्रस्तुत गर्छ। हानले आफ्नो ‘द ह्वाइट बुक’ पनि लेखेकी छन्, जुन पुस्तक उनको जन्मेको केही समयमै बितेकी बहिनीलाई समर्पित छ। यस पुस्तकमा पनि उनले आफ्नो काव्यात्मक शैलीको परिचय दिएकी छन्।

स्विडिश एकेडेमीले हानको लेखनशैलीलाई विशेष महत्त्वपूर्ण भन्दै उनको गद्यले ऐतिहासिक आघात र मानवीय संवेदनाहरूलाई गहिराइमा चित्रण गरेको उल्लेख गरेको छ।


  • Jigyasa media

थप