Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान

  •   १ महिना अघि | १ असोज २०८३, बिहिबार

काठमाडौं, असोज १ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०८२ सालमा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिमध्ये कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका अनुसार पुरस्कारका लागि प्राप्त ११२ कृतिमध्ये १५ वटा विस्तारित सूचीमा परेका थिए। त्यसबाट छनोट भएका पाँच कृतिको संक्षिप्त सूचीमध्ये मूल्याङ्कन समितिले ‘सलह’लाई उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि चयन गरेको हो।

सीमान्त आवाज र सामाजिक प्रश्नको चित्रण

प्रतिष्ठानले ‘सलह’मा नेपाली समाजका सीमान्तकृत आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानसँग जोडिएका जटिल सवाललाई कलात्मक रूपमा प्रस्तुत गरिएको जनाएको छ।

कृतिको काव्यात्मक भाषा, प्रतीकात्मक प्रयोग, प्रकृतिको जीवन्त चित्रण तथा मार्मिक कथनशैलीलाई पनि पुरस्कारका लागि छनोट हुनुका प्रमुख विशेषताका रूपमा प्रतिष्ठानले उल्लेख गरेको छ।

पाँच दशकको साहित्यिक यात्राका लागि धरावासीलाई साधना सम्मान

यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार एवं आख्यानकार कृष्ण धरावासीलाई प्रदान गरिने भएको छ।

नेपाली साहित्यमा करिब पाँच दशकदेखि सक्रिय धरावासीका ‘शरणार्थी’, ‘राधा’, ‘आधा बाटो’ लगायत ३२ वटा कृति प्रकाशित छन्। उनले दुई दर्जनभन्दा बढी ग्रन्थको सम्पादनसमेत गरेका छन्।

उनका सिर्जनामा सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका ओझेलमा परेका पक्षलाई प्रस्तुत गरिएको प्रतिष्ठानले जनाएको छ।

पद्मश्री गौरव पुरस्कार जयराज आचार्यलाई

प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ।

नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका विषयमा दर्जनभन्दा बढी कृति लेखेका छन्।

उनका उल्लेखनीय कृतिमा ‘युगनाथ खनाल : जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अंग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीति : एक विमर्श’ रहेका छन्।

तीनै पुरस्कारको राशि तीन–तीन लाख

प्रतिष्ठानका अनुसार पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार प्राप्त गर्ने तीनै जनालाई जनही तीन लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ।

  • Jigyasanepal

थप