Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

बी डी त्यागी सम्मानको लागि प्रतिभा चयन

  •   ५ महिना अघि | ३० फाल्गुन २०८२, शनिबार

काठमाडौं। साहित्यकार बी डी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बी डी त्यागी सम्मान पुरस्कार-२०८३ को लागि प्रतिभा चयन गरिएको छ ।
फागुन ३० गते शनिबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले उपन्यासकार शङ्कर भारती संयोजक, साहित्यकारहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई अनुमोदन गरेको थियो ।

जस अनुसार साहित्यकार नभएपनि साहित्यको विकासमा लागिपरेका व्यक्ति वा संस्थालाई अर्पण गरिने 'नेपथ्य सम्मान' यस वर्ष साहित्यिक क्षेत्रमा अग्रणी भूमिका खेलेको गोकर्णेश्वर नगर पालिकाका प्रमुख दीपक रिसाललाई अर्पण गरिने भएको छ ।
त्यस्तै 'बीडी त्यागी योगदान सम्मान ' साहित्यकार तथा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेललाई अर्पण गरिने भएको छ ।
'बीडी त्यागी स्मृति सम्मान' साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई , एक सय एक रुपैयाँको सिक्का रहेको 'बी डी त्यागी स्मृति पुरस्कार'  हास्यव्यङ्यकार देवीप्रसाद चापागाईंलाई प्रदान गरिने भएको छ ।
यसैगरी 'बी डी त्यागी प्रतिभा सम्मान ' साहित्यकार तथा पत्रकार प्रदीप सापकोटालाई अर्पण गरिने भएको छ ।

स्रष्टालाई सफल बनाउन वहाँको जीवन साथीको महत्वपुर्ण भूमिका रहने तर सधैं ओझेलमा पर्ने हुँदा यस वर्षदेखि केन्द्रले 'गौरीत्यागी स्रष्टा जीवन साथी सम्मान' प्रारम्भ गरेको छ । यो सम्मान स्रष्टा श्रीओम श्रेष्ठ 'रोदन'को जीवन साथी ललिता श्रेष्ठलाई अर्पण गरिने भएको छ ।
उक्त सबै सम्मानहरु आगामी बैशाख १९ गते बीडी त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच अर्पण गरिने बी डी त्यागी स्मृति केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी दिए।
जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो ।
  • Jigyasanepal

थप