काठमाडौं । प्रख्यात भाषाविद् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ उपचारका क्रममा निधन भएको छ। तेह्रथुममा जन्मिएका गौतम नेपाली र अंग्रेजी भाषामा लेखिएका व्याकरण ग्रन्थका लागि विशेष परिचित थिए।
गौतमद्वारा लिखित अंग्रेजी व्याकरण (‘ग्रामर’) पुस्तक नेपाली विद्यार्थीहरूबीच अत्यन्त लोकप्रिय रह्यो। सन् २०३७ सालमा प्रकाशित उक्त पुस्तकले व्यापक सफलता पाएको थियो। उनी ‘ग्रामर गुरु’ उपनामले समेत चिनिन्थे।
भाषा र व्याकरणको क्षेत्रमा उल्लेखनीय योगदान दिएका गौतमले बृहत्तर नेपाली शब्दकोशसहित विभिन्न पुस्तकहरू लेखेका थिए। नेपाली भाषाको समृद्धिमा उनको योगदान महत्वपूर्ण मानिन्छ।
- Jigyasa media