Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

काभ्रेमा डेंगु संक्रमण बढ्दै :गएको २४ घण्टामा थप ६ जना नयाँ संक्रमित जम्मा ५७ संक्रमित

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा डेंगु संक्रमणको संख्या निरन्तर बढ्दै गएको छ। स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जारी गरेको तथ्यांक अनुसार २०८१ साउन १ देखि भदौ १४ गतेसम्म जिल्लामा डेंगुका ५७ जना संक्रमित फेला परेका छन्।

तथ्यांक अनुसार धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै १२ जना संक्रमित भेटिएका छन्। बनेपा नगरपालिकामा ११ जना र पनौती नगरपालिकामा ८ जना संक्रमित देखिएका छन्। यसबाहेक जिल्लाका अन्य स्थानीय तहमा पनि थोरै संख्यामा भए पनि डेंगु संक्रमण फैलिएको देखिएको छ।

गएको २४ घण्टामा थप ६ जना नयाँ संक्रमित थपिएको जनाइएको छ। हालसम्म संक्रमितमध्ये २३ जना पुरुष र २८ जना महिला रहेका छन्। 


स्वास्थ्य कार्यालयको तथ्यांक

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा डेंगु संक्रमणको दर बढ्दै गएकोले सतर्कता अपनाउन र समयमै स्वास्थ्य सेवा लिन आम नागरिकलाई आग्रह गरिएको छ। साथै, डेंगुको संक्रमण नियन्त्रणका लागि स्थानीय तहमा जनचेतना फैलाउने र आवश्यक सचेतना र विविध स्वास्थ्यको कार्यक्रम गर्न स्थानीय तहलाई  पहल भइरहेको जानकारी गराइएको छ।

  • Jigyasanepal

थप